मुख्य कार्यहरु

अन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सम्पादन गरिने कार्यहरु

प्रदेश सरकार (कार्य बिभाजन नियमावली ), २०७४

प्रदेश सरकार, मन्त्रिपरिषद्‌बाट स्वीकृत मिति २०७४/११/१६

  1. प्रदेश शान्ति सुरक्षा र सुव्यवस्था सम्वन्धी नीति, कानून, मापदण्ड र योजना तर्जुमा तथा कार्यान्वयन, नियमन, सूचना संकलन, मूल्याङ्कन र प्रतिवेदन तथा संघसंगको समन्वय र सहकार्य
  2. अतिविशिष्टव्यक्ति, महत्वपूर्ण भौतिक संरचना, संवेदनशील सार्वजनिक स्थल तथा समारोहको सुरक्षा
  3. संघीय र प्रदेश सुरक्षा निकायसंगको सम्पर्क, सम्बन्ध, सूचना आदान प्रदान र समन्वय
  4. संघीय कानून बमोजिम प्रदेश प्रहरी संचालन, व्यवस्थापन र नियमन
  5. प्रदेश भित्रको अपराध अनुसन्धान, सूचना संकलन, रोकथाम, नियन्त्रण तथा समन्वय
  6. कानून, न्याय तथा प्रदेश सभा मामिला सम्वन्धी
  7. प्रदेशसभामा पेश हुने विधेयक तर्जुमा र प्रमाणीकरण  सम्वन्धी
  8. अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा हुने अपराध र गतिविधिको सूचना संकलन, विश्लेषण र उपयोग तथा अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सहयोग
  9. आधारभूत मानव अधिकारको संरक्षण, नागरिक स्वतन्त्रताको रक्षा  तथा प्रबर्धन सहयोग
  10. प्रादेशिक कारागार तथा हिरासतको व्यवस्थापन र सुरक्षा, थुनुवा तथा कैदीहरूको मानव अधिकारको संरक्षण र एकप्रदेशबाट अर्को प्रदेशमा अभियुक्त, थुनुवा वा कैदीको स्थानान्तरण सम्बन्धी
  11. सामुदायिक प्रहरी
  12. प्रदेश भित्रको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन र यातायात क्षेत्रको सिन्डिकेट तथा कार्टेलिङ्ग नियन्त्रण
  13. प्रदेश भित्र न्यायिक र अर्ध न्यायिक निकायले गरेका फैसला कार्यान्वयन
  14. प्रदेशभित्रका गैर सरकारी संघ, संस्थाहरुको अभिलेख र समन्वय
  15. गुनासो र विवाद ब्यवस्थापन
  16. संघीय मापदण्ड बमोजिम हातहतियार, खरखजाना तथा विष्फोटक पदार्थको नियमन
  17. फौजदारी कार्यविधि कानूनको कार्यान्वयन
  18. अपराध तथा यातना पीडितको पुनर्स्थापना र क्षतिपूर्ति
  19. निवारक नजरबन्द र स्थानहद सम्बन्धी
  20. अन्तरप्रदेश सुरक्षा सम्वन्ध
  21. सरकारी प्रयोजनका लागि जग्गा अधिग्रहण तथा सम्पत्ति प्राप्ति सम्बन्धी प्रादेशिक नीति तथा कानुन तर्जुमा , कार्यान्वयन र नियमन तथा जग्गा विवाद समाधान
  22. स्थानीय प्रशासन संचालन, ब्यवस्थापन र समन्वय
  23. पारिवारिक मामिला ( विवाह, सम्पत्ति हस्तान्तरण, सम्बन्ध विच्छेद, टुहुरा, धर्मपुत्र, धर्मपुत्री उत्तराधिकार र संयुक्त परिवार) सम्बन्धी नीति, कानून र मापदण्डको कार्यान्वयन र नियमन
  24. विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण र विपद् प्रतिकार्य,  प्रादेशिक विपद् कोष स्थापना र संचालन, स्थानीय विपद् कोषमा सहयोग,  विपद् तथ्याङ्क व्यवस्थापन र अध्ययन तथा अनुसन्धान,  विपद् जोखिम क्षेत्र नक्शांकन र बस्ती स्थानान्तरण सम्बन्धी  प्रादेशिक नीति, कानून कार्यान्वयन, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन
  25. उपाधि, सम्मान तथा विभूषणको सिफारिस
  26. प्रदेशस्तरमा सार्वजनिक बिदा, उत्सव, उर्दी आदिको व्यवस्थापन
  27. प्रदेशस्तरमा दिगो शान्ति व्यवस्थापन तथा द्वन्द्वबाट पीडित तथा विस्थापित व्यक्तिको पुन:स्थापना सम्वन्धी
  28. सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका ब्यक्ति सम्वन्धी
  29. प्रदेशस्तरको विद्युतीय संचार माध्यम संचालन (रेडियो, एफ. एम. तथा टेलिभिजन समेत) सम्बन्धी नीति, कानून  र मापदण्ड तर्जुमा,  कार्यान्वयन र नियमन तथा अनुमति, इजाजत र नवीकरण
  30. प्रदेशस्तरमा तारयुक्त र ताररहित ब्रोडब्याण्ड पूर्वाधारको विकास, व्यवस्थापन र नियमन
  31. प्रदेशस्तरमा सूचना प्रविधिको प्रवर्धन, सूचना प्रविधि पार्कको निर्माण, सञ्चालन र नियमन
  32. प्रदेशभित्र टेलिसेन्टर संचालन, व्यवस्थापन र नियमन
  33. प्रदेशस्तरका इन्टरनेट सेवा र अनलाइन तथा अन्य प्रविधिमा आधारित संचार माध्यमको दर्ता, अभिलेख, अनुमति, नविकरण, अनुगमन र नियमन
  34. साइवर सुरक्षा अनुगमन
  35. छापासंचार माध्यमको दर्ता, अनुमति, आचार संहिता निर्धारण र अनुगमन, अभिलेखाङ्कन, बर्गीकरण, सञ्चालन र नियमन
  36. प्रेस सूचना प्रवाह, सूचना सामग्रीको उत्पादन, प्रकाशन र वितरण
  37. श्रमजीवि सञ्चारकर्मीहरुको न्यूनतम पारिश्रमिक अनुगमन
  38. प्रदेशस्तरीय प्रेस रजिष्ट्रार सम्बन्धी
  39. केबुल वितरणको इजाजत, नवीकरण र नियमन
  40. सूचनाको हक सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्डको तर्जुमा र कार्यान्वयन
  41. चलचित्र निर्माण, हल संचालन तथा प्रदर्शन अनुमति र नियमन
  42. प्रदेश सरकारले गर्नु पर्ने तर कुनै मन्त्रालयलार्इ नतोकिएको कार्य